Logo
Logo

विद्यालाई ओलीको जवाफ-“माइती बनेर आउन पर्दैन” 


3.2k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको माग गर्नेहरूलाई जवाफ फर्काएका छन् ।

The current image has no alternative text. The file name is: OLi-Bidya.gif

बुधवारदेखि जारी केन्द्रीय कमिटी बैठकको समापन मन्तव्य दिने क्रममा ओलीले आफू विद्या भण्डारीको अप्ठेरो बेलाको साथी भएको बताए । उनले सदस्यता नवीकरण माग्नेहरूतर्फ इंकित गर्दै कोही पनि माइती बनेर आउन नपर्ने बताए ।

‘कोही यहाँ विद्या भण्डारीको माइती बनेर आउनु पर्दैन । म विद्या भण्डारीलाई राम्रै जान्छु,’ ओलीले भने, ‘जब उहाँ असजिलो अवस्थामा हुनुहुन्थ्यो, मैले सहयोग गरेको हुँ । म उहाँको अप्ठेरो बेलाको साथी हुँ ।’

साथै, उनले बरु भण्डारीले आएर सघाउनुपर्ने समेत बताए । ‘कसैले यहाँ ठुला कुरा नगरौँ । म सजिलो बेलाको होइन, असजिलो बेलाको साथी हुँ । बरु उहाँले आएर सघाउनुपर्ने हो,’ ओलीले हलमा भने ।

प्रतिक्रिया दिनुहोस्