Logo
Logo

छिन छिनमा राजदूत फेर्ने कुराले राम्रो सन्देश जाँदैनः कांग्रेस प्रवक्ता महत


504
Shares

काठमाडौं । नेपाली कांग्रेसले सरकारले राजदूत फिर्ता बोलाएकोमा आपत्ति जनाएको छ । शुक्रवार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकारहरूसँग कुरा गर्दै बारम्बार राजदूत परिवर्तनले अन्तरराष्ट्रिय जगतमा नकारात्मक सन्देश जाने बताए ।

The current image has no alternative text. The file name is: mahat.jpg

उनले यस्तो कदमले कूटनीतिमा असर पर्ने र सरकारको प्राथमिकता निर्वाचन गराउनमा केन्द्रित हुनुपर्नेमा जोड दिए । महतका अनुसार सरकारले निर्वाचनप्रति गम्भीरता नदेखाएर राजदूत फिर्ता जस्ता गतिविधिमा ध्यान दिएको छ, जसले कूटनीतिक विश्वसनीयतामा प्रश्न उठ्छ ।

उनले भने, ‘निर्वाचन गराउने कुरामा सरकार गम्भीर छैन । राजदूत फिर्ताले अन्तरराष्ट्रिय सम्बन्धमा असर पर्छ। सरकारको सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित हुनुपर्छ ।’ बैठकमा नेताहरूले विभिन्न एजेन्डामा छलफल गरेका छन् । शनिवार पनि बैठक जारी रहने र छठ पर्वपछि निष्कर्षमा पुग्ने महतले बताए ।

केही नेताले विशेष महाधिवेशनको प्रस्ताव राखेका छन् भने केहीले नियमित महाधिवेशनको पक्षमा बोलेका छन् । महतले भने, ‘हामीले १० वटा एजेन्डामा छलफल गरिरहेका छौँ । छठपछि बाँकी छलफललाई निरन्तरता दिँदै निष्कर्षमा पुग्छौँ ।’ 

प्रतिक्रिया दिनुहोस्