
काठमाडौं । नेपाली सेनाको रथी पदमा बढुवा भएका गणेश कुमार श्रेष्ठलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । उपरथीबाट रथीमा बढुवा भएका श्रेष्ठलाई प्रधानसेनापति अशोकराज सिग्देलले रथीको दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।
उनलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रथी पदमा बढुवा गरेको थियो । आज रथीको दज्र्यानी चिह्न प्रदान गर्दै श्रेष्ठलाई बलाध्यक्ष रथीको जिम्मेवारी दिइएको छ ।
यसअघि बलाधिकृत रथी निर्मलकुमार थापा असोज २५ गतेबाट अनिवार्य अवकाशमा गएका थिए । रथीको ५८ वर्षे उमेर हदका कारण थापा अवकाश भएपछि एक जना रथी रिक्त भएको थियो ।
अर्का रथी प्रदीपजंग केसी बलाधिकृत रथी बनेका छन् । दुई जना रथीको दरबन्दी रहने सेनामा महारथी (प्रधानसेनापति) पछि बलाधिकृत रथी र त्यसपछि बलाध्यक्ष रथी रहन्छन्।











