काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको विस्तारित बैठक एक हप्ता पछि सारेको छ । शान्ति-सुरक्षा चुनौतीका कारण पूर्वनिर्धारित बैठक अब २०८२ कात्तिक २१ र २२ गते हुने भएको छ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार, शनिवार साँझ बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले यो निर्णय गरेको हो । प्रस्तावित बैठकस्थल नजिकै एकादशी मेला हुने र मेला व्यवस्थापन समितिले शान्ति-सुरक्षामा चुनौती हुन सक्ने जानकारी दिएपछि बैठक स्थगित गरिएको उनले बताए ।
‘एकादशी मेला र व्यवस्थापन समितिका अध्यक्षले दिएको शान्ति-सुरक्षा सम्बन्धी जानकारीलाई मध्यनजर गर्दै विस्तारित बैठक एक हप्ता पछि सारिएको छ,’ प्रवक्ता झाले भने ।










