Logo
Logo

महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै


63
Shares

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती सोमबार स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।

दश वर्षको उमेरबाटै कविता लेख्न सुरु गरेका देवकोटाले नेपाली साहित्यमा सयभन्दा बढी कृतिहरू दिएका छन्, जसबाट नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत पुग्यो । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्ने देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामै हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक मानिन्छ ।

स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनाहरूमा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनले तीन महिनामा ’शाकुन्तल’ महाकाव्य र एकै दिनमा ’कुञ्जिनी’ खण्डकाव्य लेख्नेजस्तो अद्वितीय क्षमता राख्थे ।

भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटालाई भारतका तीन महाकवि (सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निराला) को संयुक्त रूपसँग तुलना गरेका थिए ।

विसं २०१६ मा शिक्षामन्त्री हुँदा उनले नेपालभर नेपाली भाषालाई अनिवार्य विषय बनाउनुका साथै वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा पनि महत्त्वपूर्ण योगदान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्