Logo
Logo

जेनजी आन्दोलनका क्रममा भागेका कैदीले गरे आत्महत्या


1.3k
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भागेका एक कैदीले पोखरामा आत्महत्या गरेका छन् । पोखरा महानगरपालिका २६ बरालडाँडामा ५५ वर्षका देवबहादुर विश्वकर्माले आत्महत्या गरेका हुन् ।

उनी आफ्नै एक तले कच्ची घरको कोठामा बासको बलोमा प्लास्टिकको डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ ।

सो घरमा अहिले कोही पनि नरहेको प्रहरीको भनाई छ । उनी जिल्ला कारागार कास्कीमा कर्तव्य ज्यान मुद्दाका कैदी थिए ।

प्रतिक्रिया दिनुहोस्