Logo
Logo

सम्पत्ति छानबिन गरेर देखाउन पूर्वऊर्जा मन्त्री खड्काको चुनौती


1.8k
Shares

काठमाडौं । पूर्व ऊर्जामन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्काले आफ्नो सम्पत्ति छानविन गर्न चुनौती दिएका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले देश छाडेर भागेको दाबी गरेको एकदिनपछि आफ्नै जलेको घरबाट सार्वजनिक भएका निवर्तमान ऊर्जमन्त्री खड्काले आफ्नो सम्पत्ति छानविन गरेर देखाउन चुनौती दिएका हुन् ।

‘म माथि उठेका विषयमा छानबिन गरे भयो । निष्पक्ष छानबिन होस्, म सहयोग गर्न तयार छु,’ उनले भने, ‘हामी कानुनी राज्यमा विश्वास गर्ने व्यक्ति हौँ । छानबिन होस्, म सहयोग गर्न तयार छु ।’

साथै उनले अहिलेको सरकारमा रहेका र यसअघिका सरकारहरूमा रहेका व्यक्तिहरूको पनि सम्पत्ति छानबिन गर्नुपर्ने माग गरे ।

उनले आफ्ना विषयमा पछिल्ला दिनमा जसरी समाचार आए त्यसले गलत सन्देश गएको बताए । ‘मेरा विषयमा जसरी समाचार आए । सत्तासिन मान्छेले भनेको सुनियो, त्यो गलत थियो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्