काठमाडौं । विपिन जोशीको शव नेपाली सेनाले हेलीकप्टरमार्फत उनको घर कञ्चनपुरमै पुर्याउने भएको छ । सोमबार दिउँसो काठमाडौं विमानस्थल आइपुगेको शव हेलिकप्टरमार्फत आजै सेनाले कञ्चनपुर लगेको हो ।

उनको अन्तिम दाहसंस्कार कञ्चनपुरमै गरिने छ । त्यसअघि विमानस्थलमा प्रधानमन्त्री सुशीला कार्कीले विपिनको शवमाथि राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरिन् ।
साथै गृहम्नत्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङलगायत मन्त्रीहरूले माल्यार्पण गरेर सम्मान प्रकट गरे । शव नेपाल पठाउनुअघि आइतबार इजरायलमा कार्यक्रम आयोजना गरी विपिनलाई श्रद्धाञ्जली दिइएको थियो ।










