Logo
Logo

रोल्पामा ससुराली हिडेका ७९ वर्षीय वृद्ध मृत भेटिए


252
Shares

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका–४ गुँरासेका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । मंगलबार बिहान ससुराली जान भन्दै गुँरासेबाट थबाङतर्फ हिँडेका ७९ वर्षीय देवसिंह घर्तीमगर झिम्रुक खोलामा मृत अवस्थामा भेटिएका हुन् ।

स्थानीयले बाटोदेखि करिब १५० मिटर तल झिम्रुक खोलामा उनको शव फेला पारेको वडा नम्बर १ का अध्यक्ष हिरा प्रसाद बुढामगरले जानकारी दिए ।

मृतकको परिवार र आफन्त र प्रहरीलाई खबर गरिसकिएको उनले बताएका छन् । विकट र दुर्गम भौगोलिक कारणले आफन्त र प्रहरी टोलीलाई घटनास्थलमा पुग्न केही समय लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्