
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विधिपूर्वक गाई पूजा गरेका छन् । कात्तिक कृष्ण औँसी अर्थात गाई तिहारको अवसरमा शीतल निवासमा उनले प्रथम महिला सविता पौडेलसँगै विधिपूर्वक गाई पूजा गरेका हुन् ।
यो पूजामा गाईलाई लक्ष्मीको प्रतीक मान्दै खानेकुरा खान दिइएको थियो । तिहारको तेस्रो दिन मनाइने गाई तिहारले नेपाली संस्कृतिमा मानव र प्रकृतिबीचको पवित्र सम्बन्धलाई जोडेको हुन्छ ।










