Logo
Logo

सरकार भ्रष्टाचार र सुशासनका मुद्दामा मौन छैन : प्रधानमन्त्री


378
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन बसेको रुपमा बुझ्न नहुने बताएकी छन् ।

नेपाल संवत् नयाँ वर्ष ११४६ को स्वागत कार्यक्रममा वसन्तपुरमा बोल्दै प्रधानमन्त्री कार्कीले अहिले निर्वाचन प्राथमिकतामा भएपनि सरकार भ्रष्टाचार र सुशासनका मुद्दामा राज्यका संयन्त्रहरूबाट काम अघि बढिरहेको बताएकी हुन् ।

‘निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन बसेका छौँ भन्ने होइन,’ उनले भनिन्, ‘नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने मूल दायित्व पनि हामीमाथि छ । यसमा पनि परिणाम दिने गरी राज्यका संयन्त्रहरूबाट काम अघि बढिरहेको छ ।’

लोकतन्त्र जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गर्न सबैमा अपिल गर्दै उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्ने प्रतिबद्धता जनाइन् ।

‘आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको यहाँहरुलाई विदितै छ,’ उनले भनिन्, ‘विद्रोहपछिको अवस्थालाई सामान्यीकरण गरी आगामी फागुन २१ गते भयरहित ढंगले चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न यो सरकार दत्तचित्त भएर लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्