Logo
Logo

कोभिड–१९ को मौका छोपी धरानमा कालोबजारी


- दृष्टि न्युज/संवाददाता


धरान, ६ असोज । कोरोनाको महामारीमा सबैभन्दा बढी बिक्री भइरहेको स्यानिटाइजर र हातमा लगाउने पन्जाका थोक विक्रेताहरुले मनपरी ढंगले भाउ वढाएर वजारमा बिक्री गरिरहेको थाहा हुन आएको छ ।

सुपरमेक्स नामको हातमा लगाउने पन्जाको थोक विक्रेता धरान पुरानो बजारको सर्जिमेट डिस्टिब्युटर्सले ४०० मूल्य पर्ने एक डिब्बा पञ्जालाई एक हजारमा व्यापारीहरुलाई बिक्री गरिरहेको छ । ग्राहकले भने सो एक डिब्बाको १२ सय मूल्यमा खरिद गर्न बाध्य भएका छन । मलेशियामा बनेको सो पञ्जा एक डिब्बामा एक सय थान हुन्छ । “एक महिना अघिसम्म एक डिब्बा पन्जाको साढे ३ सयमा हामीले थोक विक्रेताबाट किन्थ्यौँ । तर अहिले हामीले नै सर्जिमेटबाट एक हजारमा किन्नु परिरहेको छ । विल माग्दा पनि दिँदैन, बिपी प्रतिष्ठान गेटका एक औषधि पसलेले दृष्टिलाई बताए । किन उसैबाट किनेको त ? भन्दा नेपाल अधिराज्यभरिकै लागि धरानको सर्जिमेट डिष्टिब्युटर्सले आयात गर्ने अधिकृत विक्रेता भएकाले ऊसँग नकिनी त सुखै छैन ।

सोही व्यापारीले अप्रेशसनको बेला प्रयोग गर्ने स्विचर धागोमा पनि अत्यधिक नाफा राखेर बिक्री गर्ने गरेको स्थानिय औषधि व्यापारीहरु बताउँछन् । नेपालको भन्सारमा आउँदा १५० रुपैयाँ पर्ने सो धागोलाई उनले एक हजारमा बिक्री गरिरहेको छ । चेतन अग्रवाल नाम गरेको व्यापारीको सो डिष्टिव्युटर्सले धरानको वीपी प्रतिष्ठानका डाक्टरहरुलाई पचास प्रतिशत सम्म कमिशन दिएर सो धागोको प्रयोग गर्न लगाउने गरेको व्यापारीहरु बताउँछन् । डाक्टरले नै त्यो धागोको नाम लेखेर पठाउछ अनि, हामीले के गर्नु ? जति महंगो भए पनि किन्नै प¥यो । सो धागो किन्दा पनि व्यापारीहरुलाई बिल नदिने गरेको बताउँछन् । यसबारे जानकारी लिन थोक व्यापारी चेतन अग्रवालसँग टेलिफोन पटक–पटक सम्पर्क गर्न खोज्दा उपलब्ध हुन सकेन । भारतबाट निर्यात हुने सो स्वीचर धागोको एमआरपी भारतमै मेटाएर कम मूल्यको स्टिकर टाँसी नेपालको भन्सार छलेर ल्याइने गरेको कुरा पनि भन्सारबाट निर्यात हुने सामान र मूल्यको सूची हेर्दा स्पष्ट थाहा हुन आएको छ ।

नेपालमा कोरोना संक्रमणको शुरुमा बजार अनुगमन गर्न गएको धरान उपमहानगर पालिकाका उपमेयर मन्जु भण्डारीको टोलीले तिनै व्यापारी चेतन अग्रवालकोे विपी गेटमा रहेको गार्जेन्ट औषधि पसलबाट ५ हजार थान मास्क लुकाएर राखेको अवस्थामा फेला पारेर कारवाही गरिएको थियो ।

यसैगरी विपी प्रतिष्ठानका प्रायः सबै औषधि तथा स्वास्थ्य सामग्रीहरुको आपूर्ति गर्ने ठेकेदार अग्रवालले प्रतिष्ठानलाई पटक–पटक औषधि तथा सामग्रीहरुमा बढी मूल्य लिएर कमसल सामान आपूर्ति गरी प्रतिष्ठानलाई हानी पु¥याएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डेढ करोड बिगो बराबरको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा पनि दायर गरेको छ । उनीलगायत विपीका सात जना पदाधिकारीमाथि दुई वर्षअघि चलाएको सो मुद्दाको फैसला अझै हुनसकेको छैन । विपी प्रतिष्ठानको उपकुलपतिलगायत सबै माथिल्लो तहका पदाधिकारीहरुको नियुक्ति, सरुवाबढुवासमेत गराउन हैसियत राख्ने अग्रवालको कारण प्रतिष्ठानले करोडाँैको नोक्सानी व्यहोर्नुपरेको प्रतिष्ठानका कर्मचारी बताउँछन् ।

यसैगरी हाल बजारमा बिक्री भइरहेका अत्यधिक स्यानिटाइजरहरु नक्कली र मापदण्ड नपुगेका कारण त्यसले उल्टो स्वास्थ्यमा हानी पु¥याएको गुनासो बढिरहेको छ । नक्कली स्यानिटाइजर लगाउने बित्तिकै हात चिलाउने, एलर्जी हुने समस्या व्यापकरुपमा देखिन थालेको स्वास्थ्यकर्मीहरु बताउँछन् । धरानभित्र पनि धेरै ठाउ“मा मापदण्डविपरीतको स्यानिटाइजर बनाइने गरेको थाहा हुन आएको छ । यसबारे स्थानीय निकायले यथाशिघ्र बजार अनुगमन गरी त्यस्ता उत्पादकहरुको कारखानामा निरीक्षण गर्नुपर्ने उपभोक्ताहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्