Logo
Logo

विपिन जोशीको गोली हानी हत्या गरिएको इजरायली राजदूतको भनाइ


1.1k
Shares

काठमाडौं । इजरायलले गाजामा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको गोली हानी हत्या गरिएको जानकारी दिएको छ । जोशीको पार्थिव शरीर नेपाल हस्तान्तरण भएपछि मङ्गलवार कञ्चनपुरमा दाहसंस्कार सम्पन्न भएको छ ।

The current image has no alternative text. The file name is: bipin-1.jpg

दाहसंस्कारमा सहभागी इजरायली राजदूत स्मूलिक एरी बासले जोशीको टाउकोमा गोली हानेर हमासले हत्या गरेको बताए । बीबीसीसँग कुरा गर्दै राजदूत बासले फोरेन्सिक परीक्षणले जोशीको टाउकोमा गोली लागेको पुष्टि गरेको जनाए । हमासले नियन्त्रणमा लिएर हत्या गरेको दाबी गर्दै उनले जोशी साहस र नेपाल-इजरायल सम्बन्धको प्रतीक रहेको बताए । 

इजरायलका अनुसार, जोशी युद्धमा नभई बन्धक बनाएर हत्या गरिएका हुन् । हमासले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । हमासले बन्धकहरूको नामावली सार्वजनिक गर्दा जोशीको नाम कहिल्यै समावेश गरेन । असोज २२ मा सार्वजनिक दुई वर्ष पुरानो भिडियोले जोशी जीवित रहेको आशा जगाएको थियो, तर असोज २४ मा सार्वजनिक बन्धकहरूको सूचीमा उनको नाम थिएन । असोज २७ मा इजरायली सेनाले जोशी जीवित नरहेको औपचारिक जानकारी परिवार र नेपाली राजदूतलाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्