
काठमाडौं । सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु गएको छ । बिहीबार साँझ साढे ७ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा महाकुलुङ गाउँपालिका–३ छेस्काम घर भएकी १६ वर्षीया हबी राई र सोही ठाउँकी २० वर्षीया शान्ति राईको मृत्यु भएको हो ।
मृतक अर्का एक जनाको भने सनाखत हुन सकेको छैन । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा चालक महाकुलुङ–३ का ३२ वर्षीय श्रीध्वज राईसहित महाकुलुङ ४ की १६ वर्षीया गंगा राई, सोही ठाउँकी १८ वर्षीया बस्तीकला राई, १६ वर्षीया समया राई, वर्ष १६ कै सजना राई र १० वर्षीय उमेश राई रहेका छन्।
उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा दुईजना भने सकुशल छन् ।
खुम्बुबाट महाकुलुङ हिँडेका यात्रु लिन माप्य गएको गाडी फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीलेजनाएको छ ।










