Logo
Logo

तनहुँमा बस दुर्घटना, १२ जना घाइते


441
Shares

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बिहीबार म्याग्दे गाउँपालिका १ गुणादीस्थित थर्पुबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ९३०१ नम्बरको ३० जना सवार बस दुर्घटना भएको हो ।

चालकले नियन्त्रण गुमाउँदा बस आफैँ सडकको बाँया छेउको डिभाईडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा रमेश आचार्य, रन बहादुर थापा, मोती बहादुर थापा, पशुपतीनाथ घिमिरे, अस्मिता शाही, पदम बहादुर दर्लामी, नर बहादुर माकिम, ऋषीराम थापा, कञ्चन थापा, देउ बहादुर थापा, सुमित्रा थापा, सुर्यकला आचार्य रहेका छन् ।

घाइतेहरु सबैको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्