
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष केपी शर्माका लागि ‘ओलीकुटी’ बनाउने घोषणा गरेका छन् ।
उनले भक्तपुरको गुन्डुमा ओलीकुटी बनाउने घोषणा गरेका हुन् । यसका लागि गुन्डुवासीले पहल सुरु समेत गरिसकेको र त्यसको नेतृत्व आफूले लिएको उनले बताएका छन् ।
ओलीकुटीको ढाँचा कस्तो बनाउने भन्ने विषयमा देशभरबाट नमुना तस्वीर समेत संकलन भइरहेको बस्नेतले उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘गुन्डुवासीको भावनात्मक पहल,
अध्यक्ष केपी शर्मा ओलीका लागि ‘ओलीकुटी’ निर्माणको संकल्प’, बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन्, ’स्थानीयले आफ्नै पहलबाट घर बनाउन पहल लिएका छन्। म आफू संयोजकको भूमिकामा रहनेछु। ओलीकुटी कस्तो देखिन सक्छ भनेर अहिले नै फोटो संकलन सुरु भइसकेको छ। देशभरबाट सुझाव र समर्थन आउँदै छ।’










