
काठमाडौं । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१ इट्टाभट्टी नजिकै एक युवकको हत्या भएको छ । गएराती युवाहरूको एक समूहले चक्कु प्रहार गर्दा सोही ठाउँका २८ वर्षीय नारायण कुमालको मृत्यु भएको हो ।
हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।










