Logo
Logo

गायक बाबुल गिरीविरुद्ध जाहेरी दिन प्रहरी कार्यालय पुग्यो नितु पौडेलको परिवार


2.8k
Shares

काठमाडौं । गायिका नितु पौडेको मृत्यु भएपछि उनका दाई गणेश पौडेल जाहेरी लिएर प्रहरी कार्यालय पुगेका छन् । गणेश गायक बाबुल गिरीविरुद्ध जाहेरी लिएर अहिले प्रहरी वृत्त सिंहदरबार पुगेका हुन् ।

जाहेरी दर्ता गरेर गायक गिरीमाथि अनुसन्धान गर्नुपर्ने गणेश माग रहेको छ ।  गणेशले आफ्नो बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिन लागेका हुन् । विगत ८-९ वर्षदेखि बिहिनी र गिरी प्रेम सम्बन्धमा रहेको उनको दाबी छ । दुई जनामात्रै भएको कोठाभित्र आफ्नो बहिनीलाई जलाइएको गणेशको दाबी छ ।

गायिका नितु पौडेलको एक साताको उपचारपछि आज शुक्रवार मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा बिहान साढे ८ बजेतिर गायिका पौडेललाई चिकित्सकले मृत घोषित गरे । १ कात्तिकमा स्टुडियोमा गएर शरीरमा पेट्रोल छर्केर गायिका पौडेलले आत्मदाहको प्रयास गरेकी हुन् । 

प्रतिक्रिया दिनुहोस्