Logo
Logo

मन्त्रीहरूको शपथ साढे २ बजे, श्रेष्ठको मन्त्रालय फेरियो


3.7k
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रपिरिषद विस्तार गर्दैछिन् । जेनजी आन्दोलनको बलमा २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी उनले आज तस्रो चरणमा चार जना मन्त्री नियुक्त गर्न लागेकी हुन् ।

उनले डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ताको नाम राष्ट्रपति कार्यालय पठाइसकेकी छन् ।गौतमलाई स्वास्थ्य तथा जनसंख्या, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी तोकिएका श्रेष्ठलाई जिम्मेवारी हेरफेर गर्दै भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ । उनीहरुको शपथ साढे २ बजे हुनेगरी तयारी भइरहेको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्