
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले श्रम मन्त्रीमा सिफारिस गरेका खगेन्द्र सुनार नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेको खुलेको छ ।
२०७८ मंसिरमा भएको १४औं महाधिवेशनका लागि सुनार दैलेख क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि बनेका थिए । त्यसबेला खुलातर्फ उम्मेदवार बनेर उनले ३४९ मत ल्याएर महाधिवेशन प्रतिनिधि जितेका थिए । कांग्रेसमा अहिले पनि यही महाधिवेशन प्रतिनिधि कायमै छ ।
१४औं महाधिवेशनमा ४७४३ जना महाधिवेशन प्रतिनिधि थिए । त्यो बेलादेखि अहिलेसम्म ६८ जना महाधिवेशन प्रतिनिधिले दल त्याग गरेको विवरण कांग्रेससँग छ भने मृत्यु भएको संख्या ४६ जना छ ।










