Logo
Logo

विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर


1.3k
Shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको शिशुकल्याण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापा, तत्कालीन प्रधानाध्यापक रविलाल लुईटेलसमेत तीन जनाविरुद्ध भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर गरेको छ । 

अख्तियारले उनीहरुले बिद्यालयको लागि कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर खरिदमा नक्कली दाखिला प्रतिवेदन तयार गराएर बिद्यालय कोषको ४ लाख ७१ हजार ६६७  हिनामिना गरेको आरोपमा मुद्धा दायर गरेको जानकारी दिएको छ । 

साथै अख्तियारले विद्यालयका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापा, तत्कालीन प्रधानाध्यापक रविलाल लुईटेल र विद्यालयका तत्कालीन लेखापाल छविलाल गाहाविरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्