Logo
Logo

पोखरा-मुग्लिन सडक राति २ घण्टा बन्द हुने


441
Shares

गोरखा । पोखरा-मुग्लिन सडक खण्ड सोमबार राति दुई घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार सूचना जारी गर्दै सोमबार राति १२ बजेदेखि २ बजेसम्म सवारी आवागमन बन्द हुने जानकारी गराएको हो । 

The current image has no alternative text. The file name is: nagdhunga-mugling-15.jpg

पोखरा-मुग्लिन सडक खण्ड अन्तर्गत आँबुखैरेनी गाउँपालिका–४ साँखर (डम्पिङ साइट क्षेत्र) मा पहिरो नियन्त्रण कार्यका लागि अध्ययन गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको हो ।

पहिरो नियन्त्रणका लागि एसआरटी अध्ययन गर्नुपर्ने भएकोले सो अवधिभरि सडकमा यातायात सञ्चालन गर्न मिल्दैन, त्यसैले यातायात बन्द गर्न लागेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । सो अवधिभर यातायात सञ्चालन नगरेर सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय तनहुँले पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्