Logo
Logo

भाषण गर्न र रिबन काट्न नबोलाउनुहोला : शिक्षामन्त्री पुन


252
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले कुनै पनि औपचारिक कार्यक्रममा आफूलाई नबोलाउन आग्रह गरेका छन् । सोमबार फेसबुकमार्फत उनले विशेष गरी उद्घाटन र शिलान्यास कार्यक्रममा प्रमुख अतिथिका रूपमा निम्तो नपठाउन अनुरोध गरेका हुन् । 

The current image has no alternative text. The file name is: mahabir-pun-1.jpg

उनले फेसबुकमा भनेका छन्, ‘मेरो सम्पूर्ण समय काममा लगाउन चाहन्छु, अनावश्यक समारोहमा सहभागी हुने छैन । कृपया कसैले पनि र कहीँबाट पनि मलाई उद्घाटनरशिलान्यास, प्रमुख अतिथि हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रममा निम्तो नगर्नुहोला ।’

उनले युनेस्कोको उज्बेकिस्तानमा हुने महासभा र ब्रिटिश काउन्सिलको नाइजेरियामा आयोजित सम्मेलनमा समेत नगएको जानकारी दिएका छन् । अत्यावश्यक कामबाहेक मन्त्रीहरू विदेश भ्रमणमा गएका छैनन्,’ उनले स्पष्ट पारे । ‘विदेश घुम्यो भन्ने हल्ला नगर्नुहोस् ।’

प्रतिक्रिया दिनुहोस्