
काठमाडौं । जेनजी आन्दोलनका बेला ललितपुरस्थित नक्खु कारागारबाट भागेका थप एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
भदौ २४ गते नक्खु कारागारबाट फरार कर्तव्य ज्यान मुद्दाका २० वर्षीय युनिक लामा गुह्येश्वरी क्षेत्रबाट पक्राउ परेका हुन् ।
सोमबार पक्राउ परेका लामालाई नक्खु कारागार ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।














