Logo
Logo

विप्लव नेतृत्वको पार्टीले दियो दल दर्ताको निवेदन, आगामी चुनावमा भाग लिने


441
Shares

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ । नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका हुन् ।

नेतारू सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा कर्णजित बुढा लगायतका नेताहरू दल दर्ताका लागि आयोगको कार्यालयमा पुगेर निवेदन दिएका हुन् ।

विप्लवले पार्टीको नाम कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेका छन् । यो प्रस्तावलाई पार्टीबाट अनुमोदन गराएर उनले निर्वाचन आयोगमा दल दर्ताका लागि नेताहरूलाई पठाएका हुन् ।

प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गतेका तय भएको छ । त्यसका लागि दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समयसीमा यही कात्तिक ३० गतेसम्म छ । त्यसअगावै दल दर्ताको निवेदन दिएका हुन् ।

दल दर्ताको निवेदन दिएपछि प्रवक्ता खड्गबहादुर विश्वकर्माले आगामी चुनावमा भाग लिने गरी दल दर्ताको निवेदन दिइएको बताए । नेपालको राजनीतिक आन्दोलनमा आफ्नो पार्टीले चुनावमा भाग लिएर अगाडि बढ्न खोजेको उनले बताए ।

अब प्राप्त निवेदनउपर आयोगले अध्ययन गर्नेछ । त्यसपछि प्रस्ताव गरे अनुसारको नाम पाउने वा नपाउने, अन्य विषयमा के हुने भनेर निर्णय दिनेछ । आयोगले निर्णय दिएपछि दलले आधिकारिता पाउनेछ ।

निर्वाचन आयोगमा यसअघि नै १२४ वटा दल दर्ता छन् । यो सहित १७ वटा दलले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्