Logo
Logo

दिल्लीमा कृत्रिम वर्षा गराउन क्लाउड सिडिङ


756
Shares

काठमाडौं । भारतको राजधानी दिल्लीमा बढ्दै गएको वायु प्रदूषण नियन्त्रण गर्न मङ्गलवार पहिलो पटक पूर्ण रूपमा क्लाउड सिडिङमार्फत कृत्रिम वर्षा गराउने प्रयास गरिएको छ । आइआइटी कानपुरका वैज्ञानिकहरूको टोलीले सानो विमानबाट दिल्लीको उत्तरी क्षेत्रमाथि सिल्भर आयोडाइड र सोडियम क्लोराइड छरेका हुन् । 

यी रासायनिक पदार्थले बादलमा ओसिलो बनाई वर्षा गराउने अपेक्षा गरिएको छ । दिल्लीका वातावरणमन्त्री मन्जिन्दर सिंह सिरसाले सफल भए प्रदूषणमा उल्लेखनीय सुधार आउने बताएका छन् । गत साता बुरारीमा गरिएको परीक्षणमा ओस नपुग्दा वर्षा भएको थिएन । यो परियोजनालाई मौसम विभाग र दिल्ली सरकारले स्वीकृति दिएका हुन् । 

दिपावलीको पटाका र छिमेकी राज्यहरूमा पराल जलाउँदा दिल्लीमा प्रदूषण बढेको हो । मङ्गलवार बिहान दिल्ली बाक्लो धुवाँ–कुहिरोले ढाकिएको थियो ।  एक्युआइ ३०६ पुगेको छ, जुन ‘अति खराब’ हो । दिल्लीका ३८ मध्ये २७ स्टेसनमा यस्तै अवस्था छ । शिकागो विश्वविद्यालयको अध्ययनअनुसार दिल्लीको प्रदूषणले औसत आयु ११.९ वर्ष घटाउँछ ।

प्रतिक्रिया दिनुहोस्