Logo
Logo

ग्लोबल आइएमई बैंकद्वारा दुई नयाँ शाखारहित बैंकिङ सेवाको शुरुवात


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ग्लोबल आइएमई बैंकले बैतडीको थाड र संखुवासभाको खराङमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २२२ पुगेको छ ।

बैतडी जिल्लाको भूमेश्वर नगरपालिका वडा नं. ४, थाडमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा स्थानिय प्रेम सिंह महरा र संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं. १०, खराङमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा स्थानिय ललित बहादुर कटुवाललाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सिडीएमए, युटिएल र एनटिसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जाल सहित २३४ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २२२ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २० लाखभन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्