Logo
Logo

युथ भोलेन्टियर फोर्स सु-व्यवस्था कायम गर्न बनेको हो, आत्तिनुपर्दैन: ओली


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले घोषणा गरेको एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ले देशमा शान्ति, सुव्यवस्था कायम गर्न भूमिका खेल्ने बताएका छन् । 

The current image has no alternative text. The file name is: oli-5.jpg

शुक्रवार काठमाडौंमा कमाण्ड घोषणापछि सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यो फोर्स कसैका विरुद्धमा नभएको जिकिर गरे । ‘यो कसैको विरुद्धमा बनेको होइन । हिंसा, आतङ्कका विरुद्धमा बनेको होइन,’ ओलीले भने ।

युथ भोलेन्टियर फोर्सले अनुशासित भएर काम गर्ने ओलीको भनाइ छ । ‘यो स्वंयसेवक फोर्स कसैको अहितको लागि गठन भएको होइन । राष्ट्रिय हितका लागि गठन भएको हो,’ ओलीको भनाइ छ, ‘नेकपा एमालेसँग असहमति राख्ने वा यो सङ्गठनसँग असहमति गर्नेका लागि पनि जिउधनको रक्षाका लागि यो गठन भएको हो । यसको गठनसँग कोही पनि आत्तिनुपदैन, तर्सिनुपर्दन ।’

उनले राज्य संयन्त्रले मात्रै शान्ति सुव्यवस्था कायम गर्न नसक्ने रहेको भन्दै आफूहरूले फोर्स घोषणा गरेको बताए । ‘यो देशमा शान्ति सुव्यवस्था कायम गर्न बनेको हो । राज्य संयन्त्रले मात्रै शान्ति सुव्यवस्था गर्न सक्ने अवस्था रहेन । औद्योगिक प्रतिष्ठानको रक्षा हुने अवस्था रहेन,’ ओलीले भने ।

यो पनि पढ्नुहोस् :

प्रतिक्रिया दिनुहोस्