Logo
Logo

सिन्धुलीबाट सौराहा घुम्न आएकी युवतीको होटलको छतबाट खसेर मृत्यु


693
Shares

काठमाडौं । चितवनमा होटलको छतबाट खसेर एक युवतीको मृत्यु भएको छ । गएराति रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ ।

छतबाट खसेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुहर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

प्रहरीका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्थायी बासिन्दा रहेकी उनी गुरुकुल कलेजबाट अध्ययन भ्रमणमा चितवन आएकी थिइन् । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्