Logo
Logo

‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’


756
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोडसेडिङ हटाउन योजना बनाउनेले जस नपाई तेस्रो पक्षले त्यसकै नाममा पार्टी खोलेको टिप्पणी गरेका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ‘उज्यलो नेपाल पार्टी’ घोषणा गरेकामा इंगित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले । जसको योजना उसैलाई श्रेय दिने कहिले ?’

उनले नेपाललाई लोडसेडिङमुक्त गर्ने योजना एमाले अध्यक्ष केपी शर्मा ओलीको भएको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्