Logo
Logo

सात दलकातर्फबाट भोलि मधेसको मुख्यमन्त्रीमा दाबी पेस गरिने


3.3k
Shares

काठमाडौँ । सात दलका तर्फबाट भोलि (शुक्रबार) मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरिने भएको छ ।

बिहीबार जनकपुरमा सम्पन्न सात दलको बैठक भोलि नै मुख्यमन्त्रीको टुङ्गो लगाएर दाबी पेस गर्ने नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत शाहले बताए ।

मधेस प्रदेशको मुख्यमन्त्रीबारे छलफल गर्न आज सात दलको बैठक बसेको थियो ।सात दलमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एस), जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

प्रदेश प्रमुख सुरेन्द्र लाभले सरकार गठनका आह्वान गरेपछि दलहरूको दौडधुप बढेको छ ।

प्रतिक्रिया दिनुहोस्