Logo
Logo

पूर्वप्रहरी हबलदारको हत्यामा संलग्न व्यक्ति भारतबाट पक्राउ


441
Shares

काठमाडौं । पूर्व प्रहरी हबलदार सिता धिताल कँडेलको हत्यामा संलग्न चितवनका बुद्धिराम दराई भारतबाट पक्राउ परेका छन् ।

चितवनका स्थानीय दराइलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याएको हो । हत्या गरी फरार भएका दराईलाई घटनाको ८ महिनापछि बुधवार सीआईबीले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको हो ।

कँडेलको हत्या लमजुङको बेसीशहर नगरपालिका–२ भकुन्डेमा ०८१ चैतमा भएको थियो । प्रहरीले मृतक कँडेलको शव २०८१ चैत ३१ गते आफ्नै घरभित्रको बेडमा प्लाइ र त्रिपालले बेरिएको अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्