Logo
Logo

कैलालीमा भारतद्वारा विद्यालय भवन निर्माण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ असोज । भारत सरकारले कैलाली जिल्लाको टीकापुरस्थित श्री सरस्वती माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज काठमाडौंस्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र स्थानीय प्रतिनिधिहरुद्वारा संयुक्तरुपमा उद्घाटन गरिएको छ । ३.३ करोड आर्थिक सहयोगमा निर्माण उक्त विद्यालय निर्माण गरिएको हो ।

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक अनुदान सहयोगमा ११ वटा कक्षाकोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, प्रशासनिककक्ष, सभाकक्ष र सरसफाइ सुविधासहितको उक्त दुईतले विद्यालय भवनको निर्माण गरिएको हो । भारत सरकार र नेपाल सरकारबीचको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि सारिएको हो ।

सुदूरपश्चिममा २३ र कैलालीमा ६ वटा गरी भारतले हालसम्म नेपालमा ४२३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ । धनगढीस्थित क्षेत्रीय प्रहरी माध्यमिक विद्यालयमा बहुउद्देश्यीय हल, छात्रहरुका लागि छात्रावास तथा शिक्षकहरुका लागि आवासगृहको निर्माणका लागि अर्को एउटा परियोजना निर्माणाधीन अवस्थामा छ ।

श्री सरस्वती माध्यमिक विद्यालय सन् १९७८ मा कैलालीको टीकापुरमा स्थापना भएको हो । विद्यालयमा ५५० विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत भन्दा बढी छात्रा रहेका छन् । नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ । यस परियोजनाले भारत र नेपालबीचको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्