Logo
Logo

झापामा हालसम्म कोरोनाबाट १२ को मृत्यु


- दृष्टि न्युज/संवाददाता


झापा, २३ असोज । कोरोना संक्रमणबाट झापा, दमकका एक जना पुरुषको मृत्यु भएको छ । दमक नगरपालिका–९ का ५२ वर्षीय संक्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो ।
गत असोज १८ गते अस्पताल भर्नासँगै संक्रमण देखिएका उनको दिउँसो उपचारका क्रममा मृत्युभएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए । यससँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन र जिल्लामा १२ पुगेको छ । दमकमा एक महिला र दुई संक्रमित पुरुषको मृत्यु भएको छ ।
राजविराज– सप्तरीमा कोरोना संक्रमणबाट बिहीबार साँझ थप एक वृद्धको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा जिल्लाको डाकनेश्वरी नगरपालिका–४ निवासी ६७ वर्षीय वृद्धका रहेको जिल्ला स्वास्थय कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
उपचारका लागि धरानतर्फ पठाउने क्रममा ६७ वर्षीय वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य प्रमुख यादवका अनुसार चार–पाँच दिनअघि ज्वरो आएपछि उनी गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना भएका थिए । सोही क्रममा एक दिन अगाडि स्वाब परीक्षण गर्दा उनमा संक्रमण भटिएपछि होमआइसोलेसन रहेका उनको थप उपचारका लागि लगिने क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए ।
होम आइसोलेसनमा उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिने क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मृतक निमोनिया रोगले ग्रसित रहेको जनाइएको छ ।
यससँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिए । यस्तै हालसम्म सप्तरीमा एक हजार ३५७ जनामा कोरोना संक्त्रमण देखिएको छ । संक्रमितमध्ये एक हजार ९६ निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्