Logo
Logo

चोरी भएका २६ वटा मोटरसाइकल धनीलाई जिम्मा लगाइयो


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, २३ असोज । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २६ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । कोरोना भाइरसको माहामारीको बीचमा पनि महाशाखाको पीडित सहायता एकाइबाट सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरु गोप्य ढंगले खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

उपत्यकाका नयाँ बसपार्क, ठमेल, लाछिटोल, बोडे, सूर्यविनायक, वसुन्धारा, वनस्थली, नयाँबानेश्वर, सानेपा, गौशाला, नक्साल, ठमेल, शान्तिनगर, सामाखुसी, छाउनी, बालाजु, लैनचौर, नयाँबसपार्क, ज्ञानेश्वर, इमाडोल, जडीबुटी, वनकाली, जोरपाटी र पुतलीसडकलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जिम्मा लगाएका हुन् ।

‘एकान्त ठाउँको पार्किङस्थल, घरको गेट बाहिर, अस्पताललगायतका स्थानमा अतिरिक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका सवारी मर्मत नगरेर, घरमा पार्किङ गरेको भनी लापारवाही वा असुरक्षित पार्किङ गरेर मोटरसाइकल बढी चोरी भएको देखिन्छ ।’’ महाशाखाका प्रमुख ढकालले भने, ‘चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाइन १०३ वा अनलाइन सेवा ीयकत ख्भजष्अभि ब्उउष्अिबतष्यल मा लगइन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको छ ।’

उनले सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलारामलगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ गरेको भनी ढुक्क नहुन र एकैछिन हो भनी अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि सुझाव दिए ।

आज बमबहादुर विश्वकर्मा, रिना मगर, पवन राई, बासुदेव पोखरेल, राजु तामाङ, अप्सरा खत्री, विकास काररञ्जि, सुरजराम श्रेष्ठ, केशव अधिकारी, रामविक्रम सिजापती, जयरामप्रसाद कुशवाह, कुमार बोगटी, इन्द्रकुमार सुनुवार, अनिता सुवाल, जा. बज्राचार्य, पूर्णमाया पाख्रिन, निरज पाण्डे, धनवीर योञ्जन, मीना केसी, शिवशंकर श्रेष्ठ, कृष्ण बुढाथोकी, रामकुमारी श्रेष्ठ, रामानन्द शाह, सुजन सैजु, भुनिमा तामाङ र लेखनाथ भुसालका मोटरसाइकल जिम्मा लगाएको हो ।

महाशाखाले यस आव २०७६÷७७ मा मात्रै चोरी भएका ३२५ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो भने लकडाउनदेखि हालसम्म अवधिमा पनि ६४ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई बुझाइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्