Logo
Logo

प्रशासकीय अधिकृतसहित ८ जनालाई कोरोना भएपछि नगरपालिकाको सेवा बन्द


- दृष्टि न्युज/संवाददाता


लहान, २४ असोज । सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि छ दिनका लागि नगरपालिकाको अत्यावश्यकबाहेक सम्पुर्ण सेवा बन्द गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृतसहित नगरपालिकाका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र बाँकी कर्मचारीको पनि पिसिआर रिपोर्ट आउन बाँकी रहेकाले असोज २५ देखि ३० गतेसम्मका लागि अत्यावश्यक सेवाबाहेक सम्पूर्ण सेवा बन्द गरिएको जनाइएको छ ।
नगरपालिकाका अधिकृत सावित्रीकुमारी साहुले सूचना प्रकाशित गरी पिसिआर परीक्षण गराएका बाँकी कर्मचारीको रिपोर्ट नआएसम्म सङ्क्रमण फैलिने जोखिम रहेकाले अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको बताए । कोरोना सङ्क्रमण पुष्टि भएका कर्मचारीको सम्पर्कमा आएका व्यक्तिमा पनि सङ्क्रमण हुनसक्ने सम्भावना रहेकाले तत्काल पिसिआर परीक्षण गराउनसमेत सूचनामा आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्