Logo
Logo

इन्सपेक्टरकै नेतृत्वमा सीमामा राती–राती तस्करी


- दृष्टि न्युज/संवाददाता


बाँके, २४ असोज ।
सीमा बन्द भएपनि तस्करी र आवातजावत बन्द भएको छैन । प्रहरीकै मिलेमतोमा बाँकेका नाकाबाट तस्करी र आवातजावत चलिरहेको छ ।
रातको समयमा भारतबाट ठूलो मात्रामा सामानहरु तस्करी भइरहेको छ । जानकी गाउँपालिकास्थित सशस्त्र प्रहरीको बेस क्याम्पका प्रमुख इन्सपेक्टर बिनोद श्रेष्ठककै नेतृत्वमा सीमा क्षेत्रमा तस्करी चलिरहेको छ । राती १ बजेदेखि ३ बजेको समयमा पन्चपोखरा, साहगाउँ, बढैया तथा शिवपुरी नाकाबाट तस्करी हुने गरेको छ ।


भगौती अपडीया, हसरायल साह, आलम अपडिया, नरसुद्दिन पठान लगायतले इन्सपेक्टरसँगको मिलेमतोमा तस्करी गर्दै आएका छन् । पान, सुपारी, बिँडी, सुर्ती, सुपर पावरको तस्करी हुँदै आएको छ । पछिल्लो समय प्याज र खसी बोकको समेत तस्करी हुन थालेको स्रोत बताउँछ ।
तस्करीको समयमा डिउटीमा खटिएका प्रहरीलाई सीमाबाट माथि बोलाउने र लाइन खुला गरिदै आएको छ । रातको समयमा भारततर्फ एसएसबीले डिउटी नगर्ने भएकाले पनि उनीहरुलाई तस्करी गर्न सहज भएको हो ।
त्यस्तै, अवैध आवाजातवमा प्रतिव्यक्ति १५ सय रुपैयाँ लिने गरिएको छ । जसमध्ये पाँच सय हाकिम र एक हजार डिउटीमा खटिने प्रहरीले राख्ने गरेका छन् । इन्सपेक्टर श्रेष्ठ पावर लगाएर त्यहाँ सरुवा भएकाले सुरुदेखि नै कमाउनमा ध्यान दिएको एक प्रहरी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्