Logo
Logo

मानसिक स्वास्थ्यका बिषयमा २८ जना सामुदायिक रेडियोकर्मीलाई फेलोसिप


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ असोज । मानसिक स्वास्थ्यका बिषयमा देशभरिका २८ जना रेडियोकर्मीलाई फेलोसिप (लेखनबृत्ति ) प्रदान गरिएको छ । १५ हजार राशीको पुरस्कार भूगोल, भाषा र दक्षताका आधारमा प्रदान गरिएको हो । यूनिसेफ नेपाल, कान्ति बाल अस्पताल, सामुदायिक रेडियो प्रसारक संघ, सीआईएन र टीपीओ नेपालको सहकार्यमा भएको तालिमको समापन गर्दै २८ जना रेडियोकर्मीलाई फेलोसिप पनि प्रदान गरिएको हो ।

देशभरिका सामुदायिक रेडियोकर्मीका लागि भएको मानसिक तथा मनोवैज्ञानिक स्वास्थ्यसम्बन्धी तालिममा सहभागि भएका ३ सय २० जना मध्येबाट २८ जना छनोट गरिएको हो । भरच्र्युएल माध्यमबाट भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य एवं प्रवक्ता मीन बहादुर शाहीले मानसिक स्वास्थ्य सम्बन्धी सञ्चारलाई प्राथमिकता दिएर योजनाहरु बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । युनिसेफका स्वास्थ्य शाखाका प्रमुख बुद्धि सेटुवानले मानसिक स्वास्थ्य सम्बन्धी प्राविधिक ज्ञान लिएका रेडियोकर्मीहरुले जनचेतनाका लागि महत्वपूर्ण भूमिका खेल्ने बिश्वास व्यक्त गर्नुभयो ।

कान्ति बाल अस्पतालका बाल मनोचिकित्सक अरुण कुँवरले सामुदायिक रेडियोहरुले मनोपरामर्शका लागि महत्वपूर्ण काम गर्न सक्ने र मानसिक स्वास्थ्यको लागि दिन दिनै जानकारी दिन सक्ने बताउनु भयो । १३ वटा समूहमा विभाजन गरेर गरिएको भर्चुअल तालिममा सहभागि देशैभरिका सामुदायिक रेडियोहरुबाट मानसिक स्वास्थ्यका बिषयमा कार्यक्रम र सूचना प्रसारण गर्ने प्रतिवद्धता सहभागिहरुबाट आएको सीआईएनका प्रवन्धक दीपक आचार्यले जानकारी दिनुभयो । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका प्रमुख कुञ्ज जोसीले रेडियोकर्मीका लागि मानसिक स्वास्थ्य सम्बन्धी यस्तो खालको तालिम पहिलो पटक भएको र आगामि दिनमा पनि यस्ता तालिम र रेडियोका कार्यक्रमका लागि सहकार्य गर्न सरकार तयार भएको बताउनु भयो । सूचना तथा प्रसारण विभागका निर्देशक ईश्वरराज दहालले सामुदायिक रेडियोनै जिल्लाहरुको प्रमुख सञ्चार माध्यम भएकाले ति रेडियोले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो ।

यूनिसेफका विकासका लागि सञ्चार शाखाका प्रमुख सञ्जु भट्टराईले आगामि दिनमा सामुदायिक रेडियोसँग मानसिक स्वास्थ्य सम्बन्धि कार्यक्रमका लागि पनि साझेदारी गर्ने बताउनुभयो । फेलोसिप पाउनेमा प्रदेश नं एक बाट भिजन एफएम ओखलढुंगाका पूर्ण प्रसाद न्यौपाने, रेडियो साथी झापाका ज्ञानेन्द्र निरौला, रेडियो मेन्छ्याम तेह्रथुमका इन्दिरा भट्टराई र रेडियो लालिगुँरास धनकुटाका बिदुर खवास हुनुहुन्छ । त्यस्तै प्रदेश २ बाट रेडियो जानकीका बटुक झा, रेडियो गुञ्जनका उपेन्द्र गोले, रेडियो एकताका जनार्दन खत्री र रेडियो मिताका यमुना खनाल हुनुहुन्छ ।

बागमती प्रदेशबाट रेडियो सिन्धुका अस्मी स्याङ्तान, रेडियो महाभारतका बृुद्ध नेपाली, रेडियो रामेछापका अनिता थापा मगर र रेडियो चिम्टेश्वरी नुवाकोटका रामहरी न्यौंपानेले फेलोसिप प्राप्त गर्नु भएको छ । गण्डकी प्रदेशबाट रेडियो स्याङ्जाका रमेश गोदार, रेडियो हिमचुलीका रमेश रामदान राई र रेडियो लमजुङका शान्ता कमली हुनुहुन्छ । लुम्बीनी प्रदेशबाट रेडियो मदन पोखराका विजयकुमार गौंडेल, रेडियो मुक्तिका निरु थापा, रेडियो मालारानीका नविन केसी हुनुहुन्छ भने कर्णाली प्रदेशबाट रेडियो चँखेलीका हस्त चौंलागाई, रेडियो शारदाका प्रतिक शर्मा ईच्छुक, रेडियो कर्णाली आवाजका नवराज महतरा, बुलबुले एफएम सुर्खेतका कल्पना डेंगा मगर हुनुहुन्छ । सुदुरपश्चिम प्रदेशबाट रेडियो सेभेन स्टार बैतडीका डम्बरबहादुर बोहोरा, रेडियो बार्जु बाजुराका नन्दा थापा, रेडियो टिकापुरका दुर्गा देवकोटा, रेडियो खलंगा जाजरकोटका टिका बिसी र नयाँ नेपाल एफएम दार्चुलाका सन्तोस कोट्टारीले फेलोसिप प्राप्त गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्