कठमाडौं । सशस्त्र प्रहरीमा हेडक्वार्टरलाई अटेरी गर्नेको संख्या कम छैन । ततकालिज गृहमन्त्री रमेश लेखको ठाडो आदेशमा महोत्तरीबाट पर्सा पुगेका एसपी ड्राइपोर्टबाट मासिक रमम संकलन गराउन थालेको सूचनापछि उनीमाथि निगरानी शुरु भएको छ । भन्सार तथा राजश्व गस्तीका लागि परिचालित सशस्त्र प्रहरीका उच्च अधिकारीहरुले घुमुवा परिचालन गर्दा समस्या उत्पन्न भएको भन्दै स्थानीयहरुले गुनासो गरेपछि उनी निगरानीमा परेका हुन् ।

तराई–मधेश तथा सीमा नाकामा परिचालित सशस्त्र प्रहरीका कमाण्डरहरुले घुमुवा परिचालन गरी तस्करीलाई नै बढवा दिएको सूचनापछि पर्सामा हेडक्वार्टरको निगरानी बढेको थियो । सशस्त्र प्रहरी बलको स्थापान दिवसको अवसरमा बाँडिने उत्कृष्ट कार्यालय र प्रहरी अधिकारीहरुको विवरण संकलन र अनुगमनका क्रममा पर्सामा घुमुवा भेटिएपछि ती घुमुवाहरुलाई बाहिनी र हेडक्वार्टर तानिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वार्टर पर्सामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरनचन्द्र भट्टले सादा पोशाकमा परिचालन गरेका केही घुमुवालाई काठमाडौं केहीलाई बाहिनीमा तानिएको छ ।
५–६ वर्षदेखि पर्सामा कार्यरत केही घुमुवाहरु अहिले बाहिनीमा छन भने केहीलाई हेडक्वार्टर तानेर त्यहाँको गतिविधिबारे जानकारी लिन थालिएको छ । संगठनको नीति विपरीत लामो समय एउटै जिल्लामा बसेर अवैध असुली र तस्करीमा संलग्न रहेको गुनासो तथा उजुरी उच्चस्तरमा पुगेपछि उनीहरुलाई तानिएको हो ।
एसपी भट्टका प्रमुख सहयोगी र घुमुवा कमान्डर, सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्ल अझै पर्सामा असुली कार्यमा परिचालन भइरहेको स्रोतको दावी छ । आई.डी. नं. ३०७७ भएका प्रहरी निरीक्षक मल्ल हाल स.प्र.बल, नेपाल नं. ४६ गुल्म हे.क्वा. डोल्पामा सरुवा भइसके पनि स्रोतका अनुसार भट्टले उनलाई ‘काजमा राखेर’ पर्सामा परिचालन गरिरहेको स्रोतले जनाएको छ ।
तत्कालीन गृहमन्त्री रमेश लेखक र उनको सचिवालयको दबाबले महोत्तरीबाट पर्सा पुगेका एसपी भट्टले पर्सा सशस्त्र प्रहरी बलको प्रतिष्ठा धुमिल पार्दै आएको र घुमुवालाई प्रयोग गरेर अवैध कारोबार चलाएको आरोप लागेको छ । पर्सा गणमा रहेका घुमुवाहरुले एसपी भट्टको निर्देशमा स्थानीय तस्करहरूसँग मिलेर ठूलो रकम असुली तथा तस्करीमा संलग्न भएको स्रोतको दावी छ ।
सशस्त्र प्रहरी मूख्यालयले ‘सेटिङ मिलाउने व्यक्ति’ खोजी गर्दा घुमुवाहरु फेला परेका थिए । विगतमा पनि सशस्त्र प्रहरी बल नेपाल, नम्बर २ छिन्नमस्ता बाहिनी मधेस प्रदेशका तत्कालीन बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले पनि राख्दै आएका घुमुवालाई चन्दले प्रयोग गरेका थिए । स्रोतका अनुसार, एसपी भट्टले पर्सा गणमा दर्जनौं घुमुवा परिचालन गरेका छन् । घुमुवाहरुले तस्करहरूसँग मोटो रकम असुली गर्ने, तस्करीको लाइन सञ्चालन गर्ने तथा स्थानीय व्यापारीलाई धम्क्याउने कार्यमा संलग्न रहेको खुलेको छ ।
यो विषयमा हेडक्वार्टरले एसपी भट्टलाई पनि बोलाएर आवश्यक निर्देशन दिइसकेको छ । भट्टमाथि भन्सार छली, चोरी तथा तस्करी नियन्त्रणमा असफल भएको आरोप लगाइएको छ । स्थानीयहरूले भट्टले ‘देखावटी कारबाही’ र ‘प्रचारबाजी’ गर्ने शैली अपनाएको गुनासो पनि गरेका छन ् । सशस्त्र प्रहरी बलले घुमुवा प्रणाली अन्त्य गर्ने नीति लिएको भए पनि पर्सास्थित १३ नम्बर गणका गणपति भट्टले नीति विपरीत घुमुवा राखेर अवैध असुली र तस्करी सञ्चालन गरेको देखिएको छ ।











