Logo
Logo

गेस्टहाउसमा छापा, अनैतिक क्रियाकलापमा संलग्न १४ पक्राउ


- दृष्टि न्युज/संवाददाता


भक्तपुर, २५ असोज । महानगरीय प्रहरी वृत्त थिमिले विभिन्न गेष्टहाउसमा छापा मार्दा अनैतिक गतिविधिमा संलग्न रहेको अभियोगमा गेष्ट हाउस सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको छ । यहाँको ठिमी क्षेत्रमा सञ्चालित विभिन्न गेष्ट हाउसमा लकडाउनपछि अनैतिक गतिविधि हुने गरेको गुनासो आएपछि छापा मारिएको हो ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले शनिबार खुलेकामध्ये ठिमी क्षेत्रका बालकुमारी, सुनकोशी र सनसाइन गेष्टहाउसमा छापा मारी सात महिलालगायतलाई पक्राउ गरिएको जानकारी दिए ।

यसैबीच शनिबार नै चिया पसलमा दैनिक जुवातास खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा रु एक लाख नौ हजार ३०० सहित चार जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्