काठमाडौं, २६ असोज । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल इन्जाले पहिलो चरणको कार्यक्रमअन्तर्गत कोभिड–१९ बाट प्रभावित ७० जना पत्रकारहरुलाई सहयोगस्वरुप लेखनबृद्धि प्रदान गर्ने भएको छ ।

बिभिन्न देशमा छरिएर रहेका नेपाली पत्रकारहरुको संस्था इन्जाले नेपालमा कार्यरत पत्रकारहरुको श्रीबृद्धिकालागि बिभिन्न काम गर्दै आएको इन्जाले कोरोनाको बहनामा जागीरबाट निकालिएका, बेतलबी बिदामा बस्न बाध्य पारिएका, काम गरेर पनि तलब नपाएका, पत्रकारिता क्षेत्रमै रहेका तर हाल कुनै पनि पेशामा नरहेका पत्रकारहरुलाई लेखनबृद्धि प्रदान गर्ने निर्णय गरेको हो ।
इन्जाको वेभसाइड, सामाजिक सञ्जाल र अन्य माध्यममार्फत लेखन बृद्धिका लागि फर्म भर्न गत महिना आह्वान गरिएको थियो । सो आह्वान अनुसार प्राप्त नामावलीहरुबाट इन्जा एशियाको प्रस्ताबमा इन्जा ग्लोबल बैठकले स्वीकृति गरेपछि प्रक्रिया अगाडि बढाइएको हो ।
इन्जा एशियाका अध्यक्ष एवं ग्लोबल उपाध्यक्ष बरिष्ठ पत्रकार टंक पन्तको अध्यक्षतामा बसेको सल्लाहकार सहितको बैठकले लेखनबृद्धि प्राप्त गर्नुहुने पत्रकारहरुले एक हप्ता भित्र फिचर आर्टिकल तयार गरिसक्नुपर्ने निर्णय गरेको छ । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा)ले गो फन्डमार्फत रकम संकलन गरेको परियोजनाको संचालन मानब अधिकार संचार प्रतिष्ठान इह्रिकनसंग सहकार्यमा भएको छ ।
मुलुकको अहिलेको परिस्थितिलाई मध्यनजर राखी अािर्थक क्षेत्रमा परेको प्रभाब , सामाजिक न्याय , लैगिक हिंसा , प्रेस स्वतन्त्रतामा परेको असर , स्वास्थ्य , शिक्षा लगायतका बिषयमा २ वटा फिचर आर्टिकल लेख्नु पर्ने छ । फिचर न्यूज अर्थात फिचर आर्टिकल ८ सय देखि १ हजार शब्द हुनुपर्ने छ । रेडियो र टेलिभिजनका लागि भने एक वटा बाइट सहितको फिचर आबश्यक पर्ने छ ।
फोलोशीप पाउने पत्रकारहरुको नामावली यस प्रकार रहेका छन्, टपेन्द्र कार्की, यदुप्रसाद भट्ट, बिमल योगी, पुकार तिमिल्सिना, शारदा गैरे, फणी महत, प्रभा पन्थी, शिबप्रसाद उप्रेती, नकुल अर्याल, खिला कार्की, मधुसूदन भट्टराई, लक्ष्मण पौडेल, महेश दास, गोबिन्द महतो, मनोज माझी, दीपक बुढा, मैत्या घर्ती, कमल पौडेल, जगतमान लामा, इन्द्रसरा खड्का, नरजन तामाङ, मेनुका ढुंगाना, प्रवाशकुमार लामा, लोकेश्वरी कुँवर, मिक्सङ तामाङ, राम विकास चौधरी, अजितकुमार झा, केशव अधिकारी, झविन्द्र अधिकारी, अनिल यादव, प्रकाश बन, दीपक खरेल, डम्बरराज गिरी, मन्दिरा थापा, चिरन्जीवी मास्के, रीता श्रेष्ठ, बसन्ती आचार्य (छाया पन्थ), अम्बिका खडका, कमला तिवारी, सिर्जना बुढाथोकी डाँगी, मन्दिरा अधिकारी, कृष्ण अधिकारी, टीएन घिमिरे, केशवराज चन्द, जयराज अवस्थी, प्रनिसा अधिकारी, बलबहादुर महरा, दुर्गाप्रसाद शर्मा, अनिस बिष्ट, कुमार श्रेष्ठ, रमा पन्थी, सुनिता खनाल, सन्तोष आचार्य, स्मृति ढकाल, राजाराम गौतम, उषा तामाङ, नेहा झा, नरजंग तामाङ, राजु सिखडा, चुम्मन बस्नेत, रोकेश नेपाली, सुष्मा त्रिखत्री, ईश्वर थापा, सन्तोष पुर्कुटी, भगिरथ भण्डारी, मिलन के राउत, मनिष दुवाडी, सरिता श्रेष्ठ, बिन्दु शर्मा र सन्दीप विक रहेका छन् ।











