Logo
Logo

संसद पुर्नस्थापना माग्दै कांग्रेसका ‘बहुमत सांसद’ पूरक निवेदन लिएर सर्वोच्च जाँदै


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका थप ७० सांसद प्रतिनिधिसभा पुनःस्थापनाको लागि पूरक रिट निवेदन लिएर सर्बोच्च अदालत जाने भएका छन् ।

यसअघि एमालेले संस्थागत निर्णयबाटै ७५ सांसदको हस्ताक्षरसहित रिट निवेदन दिइसकेको छ । कांग्रेसका पनि प्रमुख सचेतक श्याम घिमिरेसहित ८ सांसदको रिटमाथि पनि सर्बोच्चले कारण देखाउ आदेश जारी गरिसकेको छ ।

विघटित प्रतिनिधि सभाका एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद पुनस्स्थापनापछि सरकार गठन हुने र आवश्यक कानून तथा संविधान संशोधन गर्ने सामथ्र्य राख्छ भन्ने पुष्टि गर्न १ सय ३८ भन्दा बढी सांसद अदालतमा पूरक निवेदन लिएर जान लागेको बताए ।

यसैबीच जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका समेत सांसदहरुको हस्ताक्षर जुटाएर पूरक निवेदन दिने तयारी समेत भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्