पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान « Drishti News – Nepalese News Portal
Logo

पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान


- दृष्टि न्युज/संवाददाता


बागलुङ, २८ असोज । आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका सहसम्पादक सिर्जना पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान २०७७ प्रदान गरिने भएको छ । रिलायव वचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंको मंगलवार आयोजित २२औं साधारणसभाको अवसरमा नेपालको सहकारी अभियानका शीर्ष व्यक्तित्व केशव बडालको नाममा स्थापना गरिएको नगद १५ हजार सहितको उक्त सम्मान पन्तलाई प्रदान गर्ने घोषणा गरिएको हो ।

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले उक्त पुरस्कारको स्थापना गरेका हुन् । हरेक वर्ष रिलायवल वचत तथा ऋण सहकारी संस्थाको साधारणसभा प्रदान गर्ने गरी स्थापना भएको उक्त सम्मान यस वर्ष कोरोना संक्रमणका कारण घोषणा मात्र गरिएको र सहज अवस्था भएप्िछ प्रदान गरिने संस्थाका सचिव विजय सुन्दर खड्काले जानकारी दिए ।

बागलुङ जिल्लालाई कार्यक्षेत्र बनाएर विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पन्त आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित तथा सञ्चालित धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्शसञ्चार अनलाइनका सहसम्पादक छिन् । केशव बडाल सहकारी सम्मान २०७६ बाट सहकारी पत्रकार समाजका पूर्वअध्यक्ष यादव हुमागाई सम्मानित भएका थिए ।

रिलायलव साकोसको २२औं साधारणसभामा शुभकामना व्यक्त गर्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा महासंघका सञ्चालक केबी उप्रेतीले संस्थाले वित्तीय तथा अन्य क्षेत्रमा राम्रो सुधार गर्दै गएको र सञ्चारलगायत अन्य क्षेत्रमा समेत काम गरेर पहिचान बढाएको बताए । संस्थाका अध्यक्ष ओमदेवी मल्लाले कोभिड–१९ को महामारीका बीचमा पनि संस्थाले शेयर सदस्यहरुलई नियमित सेवा दिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्