Logo
Logo

सम्पर्कविहीन २० प्रहरीलाई सेवाबाट हटाउने चेतावनी


1.2k
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले दुई महिनादेखि गैरहाजिर रहेका २० प्रहरी कर्मचारीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

प्रहरी मुख्यालयले शुक्रबार सूचना जारी गर्दै केही असोजदेखि र केही कात्तिकदेखि आफुखुशी गैरहाजिर रहेका प्रहरीलाई तत्काल कार्यालयमा हाजिर हुन भनेको हो ।

प्रहरी प्रधान कार्यालयले उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको जनाएको छ ।

आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र उपस्थित नभए प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने चेतावनी पनि प्रहरी प्रधान कार्यालयले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्