Logo
Logo

शान्ति सैनिकको अदली-बदली


693
Shares

काठमाडौं । सेन्ट्रल अफ्रिकन रिपब्लिक सीएआरमा तैनाथ नेपाली शान्ति सैनिकको अदली-बदली गरिएको छ।

The current image has no alternative text. The file name is: sainik.jpg

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोली स्वदेश फर्किएसँगै नयाँ टोली मिसन इलाका प्रस्थान गरेको हो । सैनिक मुख्यालय जंगी अड्डाका अनुसार युद्धभैरव गण अन्तर्गतको तेस्रो डफ्फालाई गोरखनाथ गण अन्तर्गतको चौथो डफ्फाले औपचारिक रूपमा प्रतिस्थापन गरेको छ।

गोरखनाथ गणको चौथो डफ्फामा आबद्ध २२५ जना नेपाली शान्ति सैनिक १० पुसमा मिसन इलाकातर्फ प्रस्थान गरेका छन् । यसअघि सोही मिसनमा कार्यरत युद्धभैरव गणका २२४ जना शान्ति सैनिक भने पुस १० गते नै स्वदेश फर्किएका छन् ।

हाल सेन्ट्रल अफ्रिकन रिपब्लिकमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत नेपाली सेनाका कुल १ हजार १८८ जना शान्ति सैनिक कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्