Logo
Logo

एमालेको समानुपातिक सूचीको पहिलो नम्बरमा बादल


1.3k
Shares

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।

निर्वाचन आयोगको कार्यालयमा एमालेका केन्द्रीय सदस्य तथा निर्वाचन विभाग प्रमुख निरज आचार्य नेतृत्वको टोलीले बन्दसूची बुझाएको हो ।

बन्दसूचीमा पुरानो पुस्ताबाट उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, नेता गुरु बराल, डा पुष्प कँडेललगायतत समेटिएका छन् ।

महिला समूहबाट सचिव पद्मा अर्याल, नेतृहरू टुका हमाल, निरुदेवी पाल, कोमल वली, शान्ता चौधरी र भूमिका सुब्बालगायतको नाम समेटिएको छ ।

पिछडिएको क्षेत्रतर्फ गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत गरी आठजनालाई समेटिएको छ । अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्वसमेत सूचीमा पनि समावेश गरिएको छ ।

नयाँ पुस्ताबाट मीना बराम, मनकुमारी तितुङ, मायादेवी पोडेनी, निर्मल दौला, रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरीलगायतको नाम बन्दसूचीमा छ । त्यसैगरी क्रान्ति बुर्लाकोटी, अनिता कन्दङ्वालगायतका युवा नेता पनि समावेश गरिएको छ । मुस्लिमबाट साजिदा सिद्दीकी, मोहम्मद हारून लगायतको नामावली छ ।

प्रतिक्रिया दिनुहोस्