Logo
Logo

प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको असोज २९ गते बिहीबार तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा काठमाडौं म्यारियट होटलमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

२०६४ सालमा दर्ता भएको इन्स्योरेन्स कम्पनीले २०७४ मंसिर २८ देखि वीमा व्यवसाय कारोबार सञ्चालन गर्दै आएको छ । कम्पनीका संचालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरेलगायत सञ्चालक सदस्यहरुमा सुभाष अमात्य, रामेश्वर सापकोटा, नरेशबहादुर मल्ल तथा प्रभु बैंकका तर्फबाट मनिराम पोखरेल रहेका छन् ।

साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७५÷७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुसमेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्