Logo
Logo

गण्डकीमा मात्रै एक हजार ८२१ सक्रिय संक्रमित


- दृष्टि न्युज/संवाददाता


कास्की, ३० असोज । गण्डकी प्रदेशमा सक्रिय संक्रमतिको संख्या एक हजार ८२१ पुगेको छ । प्रदेशमा कूल संक्रमितको संख्या पाँच हजार ३५६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
प्रदेशमा हालसम्म ७९ हजार ३०२ जनाको कोरोना परीक्षण गरिएको थियो । संक्रमितमध्ये तीन हजार ४८८ जना निको भएका छन् । प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ४७ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्