Logo
Logo

सिटिजन्स बैंकका ग्राहकलाई डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यासब्याक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकहरुले डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् । बैंकका डेबिट/क्रेडिट कार्डबाहकहरु, मोबाइल बैकिङ प्रयोगकर्ताहरु तथा, इन्टरनेट बैकिङ प्रयोगकर्ताहरुले पस, क्यूआर तथा फण्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डटकममा एक हजार रुपैयाँभन्दा माथिको कारोबार गर्दा २५ प्रतिशतसम्म वा २ हजार ५ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यो योजना यही कात्तिक ६ गतेसम्म लागू हुनेछ । नजिकिँदै गरेको महान चाड दशैँलाई लक्षित गरी ल्याइएको यो योजनाबाट बैंकका ग्राहकहरुले सहजरुपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास हुने र कोभिड नियन्त्रणविरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ एकाइहरुबाट करिव साढे ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्