Logo
Logo

उत्कृष्ट प्रहरीहरु पुरस्कृत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० असोज ।
६५ औं प्रहरी दिवसको अवसरमा उत्कृष्ट काम गर्ने प्रहरीहरु पुरस्कृत भएका छन् ।
यो वर्षको पूर्ण शान्ति पुरस्कार बिशेष ब्यूरोका सई कृष्णबहादुर चन्दले पाएका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले उनलाई पुरस्कार वितरण गरे ।


त्यस्तै अन्य पुरस्कारहरु प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रादान गरेका छन् । साहसिक तथा जोखिमपूर्ण कार्य गरे वापत प्रहरी नायव निरीक्षक सागर शमशेर जवरालाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान गर्नुभयो ।
सोही अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सर्वोत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी नायव निरीक्षक सुवाष कटुवाल, उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेलाई पुरस्कृत गरेका छन् । कटुवालले ललितपुरमा विप्लव समूहका कार्यकर्ता पक्राउ गरेका थिए भने एसपी पाण्डेले सिआईबीमा रहेर केही हाइप्रोफाइल घटनाको अनुसन्धान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्